एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्ने क्रममा नेपालले फाइनल प्रवेशका लागि चिर प्रतिद्वन्दी युएईको सामना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

 

काठमाडौं – एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्ने क्रममा नेपालले फाइनल प्रवेशका लागि शुक्रबार चिर प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

नेपाल समूह ए बाट ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । हङकङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ नेटरनरेटमा कतारलाई पछि पार्दै उपविजेता बनेर सेमिफाइनलमा पुग्यो ।

समूह बी बाट ओमान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सेमिफाइनलमा नेपालले युएई तथा ओमानले हङकङसँग खेल्नेछन् । नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ९ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array