आफ्नै कीर्तिमान तोड्दै हैदराबादले नँया किर्तिमान बनाउँदा बैंगलुरु २५ रनले पराजित: आजको खेलमा कोलकाता र राजस्थानको भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ बैशाख २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं – आफ्नै कीर्तिमान तोड्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल) मा नयाँ इतिहास रचेको छ । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २५ रनले पराजित गरेको छ ।

यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बैंगलुरुले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो ।

बैंगलुरुका दीनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ८३ रन बनाए । फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२, अनुज रावतले २५ र महिपाल लोमरोरले १९ रन बनाए ।

हैदराबादका प्याट कमिन्सले तीन, म्यांक मार्कान्डेले २ र टि-नटराजनले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको हैदराबादले २८७ रनको विशाल योगफल बनाएको थियो । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै हैदराबादले आइपीएल इतिहासकै कीर्तिमानी लक्ष्य दिएको थियो ।

चिन्नास्वामी स्टेडियम बैंगलुरुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो ।

हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

तल्लोक्रममा एडेन माक्ररमले १७ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए । अब्दुल सामदले १० बलमा ४ चौका र ३ छक्कासहित ३७ रन बनाए ।

बैंगलुरुका लोकी फर्गुसनले २ र रिस टोप्लीले १ विकेट लिए । यो जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने बैंगलुरु अन्तिम १० स्थानमा छ । आइपीएलमा आज अंक तालिकाको पहिलो र दोस्रो स्थानमा आसिन राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स आमनेसामने हुँदै छन् । यो सिजन उत्कृष्ट क्रिकेट खेलिरहेका दुबै टिमको भिडन्त आइपीएलको जारी सिजनको हाई भोल्टेज भिडन्त मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array