एक खेल खेल्न बाँकी छँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं – नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । समूह चरणमा अझै एक खेल खेल्न बाँकी छँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणमा आफ्ना ४ खेलमध्ये ३ खेल जितिसकेको छ । एउटा खेल खेल्न बाँकी छ । नेपालले समूह चरणको बाँकी खेल बुधबार साउदी अरेबियाविरुद्ध खेल्नेछ । तर, नेपालले यो खेल हारे पनि सेमिफाइनलबाट बाहिरिने छैन ।

नेपालले ३ खेल जितेर ६ अंक जोडिसकेको छ । अब अंक तालिकामा नेपालको बराबर अंक केवल एउटा टिमको मात्र हुन सक्छ । सेमिफाइनल पुग्ने अर्को टिम कुन हुुनेछ भन्ने छिनोफानो हुन भने बाँकी छ ।

नेपालले आज भएको हङकङविरुद्धको खेल ८ विकेटले जितेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेटको क्षतिमा हासिल गरेको हो । नेपालका लागि ओपनरहरु कुशल भुर्तेलले ३२ र आसिफ शेखले ४० रन, रोहित पौडेलले २५ रन र सन्दिप जोराले १९ रन बनाए । हङकङका लागि आसिफले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १८ ओभरको खेलमा १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको थियो । वर्षाका कारण करिब १ घण्टा ढिलो सुरु भएको खेल १८ ओभरमा छोट्याइएको थियोे ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले र दिपेन्द्र सिंह ऐरीले २– २ विकेट लिए । करण केसीले १ विकेट लिए । हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । जीसान अलीले १४, निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

Array