रोहित शर्माको शतकीय पारीका बाबजुद चेन्नाइसँग मुम्बई पराजित: आजको खेलमा बैंगलुरु र हैदरावाद भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो ।

२०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । इशान किसनले २३, तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाए । अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा मुम्बइ चेन्नाइसामु निरीह भयो ।

मुम्बइलाई रोक्न चेन्नाइका मतिशा पाथिराना एक्लैले जम्मा २८ रन खर्चेर चार ओभरमा चार विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले चार विकेट गुमाएर २०६ रन बनाएको थियो । रुतुराज गायकवाडले ६९, शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाए ।

मुम्बइका हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले एक/एक विकेट लिए । यो खेल जितेसँगै चेन्नाइ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बइ ८औं स्थानमा रहेको छ ।

आइपीएलको आजको खेलमा अंक तालिकाको अन्तिममा रहेको रोयल च्यालेञ्जर्स बैगलुरु र सनराइजर्स हैदरावाद भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

Array