आइपीएलमा पञ्जावमाथि राजस्थानको ३ विकेटको जित: आज कोलकाता र लखनउ तथा मुम्बई र चेन्नई भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएलमा यो सिजन निकै लयमा देखिएको राजस्थान रोयल्सले पञ्जाव किंग्समाथि ३ विकेटको जित निकालेको छ ।

पञ्जावको घरेलु मैदान भएको खेलमा पञ्जावले दिएको १४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । यसअघि पहिला ब्याटिङ गर्दै पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको मध्यम स्कोर खडा गरेपनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।

यो जितसँगै ६ खेलमा ५ जित र एक हारसहित १० अंक जोडेर राजस्थानले आफ्नो शिर्ष स्थानको अग्रता कायम राख्दा ६ खेलमा २ मा जित र ४ मा हार सहित अंक तालिकाको आठौं स्थानमा सिमित बनेको छ ।

इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदै छन् । आइतबार हुने पहिलो खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् । आइपीएलको जारी सिजनमा ४ खेलमा तीन खेल जितेको कोलकाता अंक तालिकाको दोस्रो स्थानमा हुँदा ५ खेलमा ३ मा जित र दुईमा हार बेहोरेको लखनउ समान अंक सहित नेट रन रेटका आधारमा अंक तालिकाको चौथो स्थानमा छ ।

यस्तै आजै हुने आइपीएलको अर्को खेलमा आइपीएलका दुई सफल इतिहास भएका टिम मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्नेछन् । पाँच खेलमा ३ मा जित र २ मा हार बेहोरेको चेन्नाई अंक तालिकाको तेस्रो स्थानमा रहँदा पाँच खेलमा २ खेलमा जित र ३ खेलमा हार बेहोरेको मुम्बई अंक तालिकाको सातौं स्थानमा आसिन छ ।

प्रतिक्रिया दिनुहोस्

Array