लखनउमाथि दिल्लीको सानदार जित: आजको खेलमा पञ्जाव र राजस्थान भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई ६ विकेटले पराजित गरेको छ । लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए ।

यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।

आइपिएलमा आज पञ्जाव किंग्स र राजस्थान रोयल्स भिड्दै छन् । पञ्जावको घरेलु मैदान मुल्लान्पुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि हुने छ । जारी आइपिएलमा पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ भने राजस्थान रोयल्सले ५ खेलमा ४ जित र एक हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array