एसीसी प्रिमियर कपमा नेपालले कतारको सामना गर्दै: मलेसियालाई पराजित गरेको नेपालको कस्तो रहला प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ – एसीसी प्रिमियर कपमा मलेसिया विरुद्ध जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको नेपालले आज कतारको सामना गर्दै छ ।

ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array