बैंगलोरमाथि मुम्बईको सानदार जित: आजको खेलमा लखनउ र दिल्ली भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

१९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनको आक्रामक क्रिकेट खेल्दै पुनरागमन गरे । रोहित शर्मा २४ बलमा ३ चौका र ३ छक्कासहित ३८, हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रन बनाए । बेंगलोरका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १/१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बैंगलोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।

रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्कासहित ५३ रनमा नट आउट रहे । विराट कोहली ३, विल ज्याक्स ८ र ग्लेन म्याक्सवेल शून्यमा आउट भए । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले १/१ विकेट लिए ।

मुम्बई ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । बैंगलोर ६ खेलमा १ मा जितसहित नवौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ४ मा जितसहित ८ अंक जोड्दै शीर्षस्थानमा छ । आईपीएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

Array