च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध बार्सिलोनाको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – पाँच पटकको विजेता बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अग्रता बनाएको छ।

बुधबार राति पिएसजीको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले ३–२ को जित निकालेको हो। बार्सिलोनाको जितमा राफिन्हाले दुई तथा आन्द्रयास क्रिस्टियन्सनले एक गोल गरे। खेलको ३७ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।

- Advertisement -
Ad imageAd image

पहिलो हाफमा १–० ले पछि परेको पिएसजीले दोस्रो हाफमा अग्रता बनाएपनि त्यसलाई कायम राख्न नसक्दा घरेलु मैदानमा नै हार भोग्न बाध्य भयो। खेलको ४८ औँ मिनेटमा उसमान डेम्बेलेको गोलमा पिएसजी खेलमा फर्किएको थियो।

५१ औँ मिनेटमा भिटिन्हाको गोलमा पिएसजीले खेलमा २–१ ले अग्रता बनायो। तर खेलको ६२ औँ मिनेटमा राफिन्हाको व्यक्तीगत दोस्रो गोलमा बार्सिलोना बराबरीमा आयो।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टियनले खेलको ७२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलमा थप गोल हुन सकेन।

क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ । सोही समयमा सकिएको अर्को क्वाटरफाइनलको‌ पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २-१ ले हराएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्