लगातारको अवरोधपछि संसद बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ चैत्र २०८०, बुधबार
0 Min Read
Aa
सांसद खतिवडा काठमाडौँ, २८ चैतः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा धारणा राख्दै नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडा । तस्बिरः रत्न श्रेष्ठ÷रास

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्नकाे लागि भने अवरोध गरिएको थिएन । लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array