सदनमा कांग्रेसको अवरोधकाबीच प्रतिनिधि सभाको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । मन्त्री भण्डारीले आज सांसदहरूले सोधेको प्रश्नमा जवाफ दिन लागेका हुन् । यस्तै आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्नेछन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्नेछन् भने अर्थमन्त्री वर्षमान पुनले ‘बैँक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्,’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

- Advertisement -
Ad imageAd image

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायक सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने उद्योग मन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेपनि आजको बैठक चल्नेमा भने निश्चित छैन।

यसअघि मङ्गलवार बसेको बैठक प्रतिपक्षी नेपाली कांग्रेसका कारण स्थगित गरिएको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने कांग्रेसको अडान कायमै छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्