पञ्जाबमाथि हैदराबादको २ रनको रोमाञ्चक जित: आजको खेलमा गुजरात टाइटन्सले अपराजित राजस्थानको सामना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – आइपीएलमा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ । १८२ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो ।

पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र शिखर धवनले १४ रना बनाए । हैदराबादका भुवनेश्वर कुमारले २, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेवले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । पञ्जाबका लागि नितिशककुमार रेड्डीले सर्वाधिक ६४ रनको योगदान गरे । एक विकेटसमेत लिएका उनी प्लेर अफ दि म्याच पनि भए ।

यस्तै, अब्दुल समादले २५, ट्रभिस हेडले २१, अभिशेक शर्माले १६, शहबाज अहमदले १४, राहुल त्रिपाठीले ११ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले ४, साम कुरन र हर्सल पटेलले समान दुई र कागिसो रबाडाले एक विकेट लिए ।

जित पछि ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौं स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौं स्थानमा छ ।

आइपीएलमा आज गुजरात गुजरात टाइटन्सले यो सिजन अपराजित रहेको राजस्थान रोयल्सको सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

Array