नेपालले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’सँग टी‍-२० शृंखला खेल्ने, खेल तालिका सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज ‘ए’सँग पाँचवटा टी-२० शृंखला खेल्ने तय भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उक्त टी-२० शृंखलाबारे जानकारी दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी अप्रिल २५ देखि उक्त शृंखला आयोजना गर्न लागिएको हो । आईसीसी टी–२० विश्वकप र ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीका क्रममा यतिबेला नेपाली टोली भारतमा छ। प्रिमियर कप खेल्न नेपाली टोली त्यहीँबाट ओमान जानेछ ।

भारतमा रहँदा नेपालले गुजरात र बरोडा टीमसँग मैत्रीपूर्ण खेल खेलेको छ ।

ओमानबाट फिरेपछि घरेलु भूमिमा नेपालले वेस्ट इन्डिज ‘ए’सँग टी–२० शृंखला खेल्ने भएको हो । उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ । टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएको छ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array