आइपिएल गुजरातमाथि लखनउको शानदार जित: अपराजित कोलकातालाई चेन्नईको चुनौती

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।

लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको थियो । यस अघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।

यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

आइपिएलमा आज २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल एमए चिदम्बरम (चेपौक) स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

सिजनमा चेन्नईको यो पाँचौं खेल हुनेछ । टोलीले ४ मध्ये २ खेल जितेको छ । अर्कोतर्फ, कोलकाताको यो चौथो खेल हुनेछ। टोलीले यो सिजन अहिलेसम्म एक खेल पनि हारेको छैन ।

चेन्नईका मुस्ताफिजुर रहमानले आजको खेल खेल्ने कि नखेल्ने भन्ने टुंगो लागेको छैन । उनले हैदरावादविरुद्धको पछिल्लो खेल खेलेका थिएनन् । मुस्ताफिजुर अमेरिकामा हुन लागेको टी–२० विश्वकपका लागि भिसा लिन बंगलादेश गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array