आज मिति वि.सं.२०८१ जेठ ०७ गते सोमबार ई.सं.२०२४ मे २० नेपाल सम्बत ११४४ बछलाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल द्धादशी, चन्द्रमा कन्या राशिमा चित्रा नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१२ बजे भयो भने सूर्यास्त साँझ ०६:४८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेहनत गर्दा अवसर पाइनेछ, तर मुस्किलले मिलेको अवसर हातबाट गुम्न सक्छ । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान्, ध्यान दिएर काम गर्नु होला । कसैले दिएको उपहार आजको दिन ग्रहण नगर्नु हितकर हुनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने योग छ । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता बढ्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । कीर्तिमानी काम सम्पादन होला । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । मान र विद्या प्राप्त होला । मान महत्व धन बढ्नेछन् । रसरागको भावना वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुने समय छ । खर्च लागे पनि आज चिताएको काम बन्नेछ । साथीभाइहरूबाट फाइदा उठाउन सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । काममा झमेला निम्तिए पनि हिम्मतले काम बनाउन सकिनेछ । पराक्रम बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । ख्याति फैलिनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीतलिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज कुनै अवसर प्राप्त भए पनि शत्रुपक्षको चलखेलका कारण लाभ नमिल्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी दिन छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला । खानपानमा सजक रहनु हितकर हुनेछ । अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । भोगविलासमा मन रमाउला । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । पढाइलेखाइमा प्रगति होला । विशेष उपहार हातलागी हुने योग छ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर होला । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । काम रोकिएको छ भने पुनः प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागको भाव बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । आज आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । कतै मानसम्मान र मिष्ठान्न भोजन प्राप्त हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ मित्रताको सम्बन्ध गाँसिने समय छ । रसरागमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने समय छ । धनलाभ पनि होला । दिगो आम्दानी हुने काम सुरु भएपनि परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, सावधान रहनुहोला । विगतका कमजोरी सच्याउने मौका मिल्ने योग छ । समयको सदुपयोग गर्न विशेष पहलकदमी अपनाउनुहोला । काममा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन अधैर्यपना बढ्नुका साथै काम नबन्ने त्रासले सताउन सक्छ, जबकि कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने योग छ । यात्रा वा सवारीसाधनको उपयोग गर्दा चाहिँ आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अध्ययन तथा अध्यापनमा आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज परिस्थिति अलिक संघर्षमय रहला । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि बढ्ने समय छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउने देखिन्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानसुख प्राप्त हुनेछ । भोगविलासमा आकर्षण रहला ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्