रवि लामिछानेले दुई दिनअघि डेमोक्रेटिक एलायन्स बनाउन भन्दै कांग्रेस नेताहरुको घरघरमा आफ्नो नेता पठाएको गगनको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रास्वपाका सभापति एवम गृहमन्त्री रवि लामिछानेले डेमोक्रेटिक एलायन्स बनाउनको लागि दुई दिनअघि आफ्नो नेतालाई कांग्रेस नेताहरुको घरघरमा पठाएको खुलासा गरेका छन् ।

रविले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको भनेर संसद्मा बोलेपछि जवाफ दिनको लागि आयोजित पत्रकार सम्मेलनमार्फत थापाले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘उहाँले पटक–पटक प्रधानमन्त्री अफरको कुरा निकाल्नुभयो । उहाँलाई प्रधानमन्त्री अफर गरिएको कुरा हावादारी कुरा हो भनेर हामीले पटक पटक भनिसकेका छौं ।’

- Advertisement -
Ad imageAd image

उनले रविले कांग्रेस नेताहरुकहाँ दूत पठाएको विषयमा थप प्रष्ट्याए–‘तर, उहाँलाई यति कुरा चाहीँ स्मरण गराऔं, दुई दिनअघि नेपाली कांग्रेसका पूर्व सदस्यलाई हाम्रा पार्टीको नेताहरुको घरघरमा डेमोक्रेटिक एलायन्स बनाउन म तयार छु । त्यसैले यो टिओआरमा थोरै लचकता अपनाईदिनुहोस भनेको कुरा छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्