आइपिएलको जारी सिजनमा मुम्बई इण्डियन्सको पहिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो ।

दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे । पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए ।

- Advertisement -
Ad imageAd image

मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए । त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा नट आउट रहे । रोमारियो शेफर्ड १० बलमा ३ चौका र ४ छक्कासहित ३९ रनमा नट आउट रहे ।

अन्तिम ओभरमा शेफर्डले एनरिच नोर्कियालाई ३२ रन हान्नु खेलको टर्निङ प्वाइन्ट बनेको थियो । रोहित शर्मा ४९, ईशान किशन ४२ र हार्दिक पान्ड्या ३९ रनमा आउट भए । दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए । खलिल अहमदले १ विकेट लिए ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्