जस बटलरको शतकमा बैंगलुरुमाथि राजस्थानको सहज जित: मुम्बई र दिल्ली तथा लखनउ र गुजरातको भिडन्त आज, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ चैत्र २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं – ओपनर जस बटलरले समेत जवाफी शतक मद्दतमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल्स च्यालेन्जर्स बैंगलुरुमाथि ६ विकेटको सहज जित निकालेको छ ।

१८४ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.१ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्दा ओपनर जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित एक सय रनको योगदान दिए । पछिल्लो समय खराब फर्ममा रहेका बटलरलाई यो शतकले ठूलो राहत दिनेछ । राजस्थानका लागि कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए ।

बैंगलुरुका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलुरुले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि जुत्न पर्याप्त रहेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।

राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए ।

राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ । कोलकाता ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बैंगलुरु ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

आइपिएलमा आइतबार दुई खेल हुँदै छन् यो सिजनमा अहिलेसम्म जितविहिन रहेको मुम्बईले दिल्लीको सामना गर्दा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स आमने सामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array