उपनिर्वाचनका लागि इलाम-२ मा २० जनाको उम्मेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ – आगामी वैशाख १५ का लागि तय भएको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ।

नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशनसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।

- Advertisement -
Ad imageAd image

एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध भोली बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ। भोलि नै दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ।

चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्