हैदरावादसँग चेन्नाई ६ विकेटले पराजित: आजको खेलमा राजस्थान र बैंगलुरुको भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा हैदरावादले चेन्नाईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नाईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । यस अघि दिल्लीसँग हारेको चेन्नाईको यो लगातार दोस्रो हार हो । शनिबार हुने एकमात्र खेलमा राजस्थान र बैंगलुरु भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

Array