गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी: आज सनराइजर्स र चेन्नई भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – इण्डियन प्रिमियर लिग आइपिएलमा पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यो जितपछि पञ्जावले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ ।

आइपिएलमा आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा चेन्नईले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने सनराइजर्स हैदरावादले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ ।

चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सलाई पराजित गरेको थियो भने दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो । त्यस्तै सनराइजर्स हैदरावादले मुम्बईलाई पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र गुजरातसँग हार बेहोरेको थियो ।

चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।

प्रतिक्रिया दिनुहोस्

Array