उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउनै काँग्रेसलाई सकस, आज फेरि बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – १५ बैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ ।
सभापति शेरबहादुर देउवा उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा छन् । मंगलबार र बुधबार कार्यसम्पादन समितिको बैठकमा छलफल भएपनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन ।

बिहीबार पनि विहान ९ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच विवाद भएको छ ।

- Advertisement -
Ad imageAd image

सभापति देउवाले इलाम–२ मा जिल्ला सभापति डम्बर खड्काको नाम प्रस्ताव गरेका छन् भने बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् । तर कोइराला समूहले भने इलाम–२ मा महाधिवेशन प्रतिनिधि भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको छ ।

उम्मेदवार चयनकै विषयमा बिहीबार जिल्लाका नेताहरूसहित आकांक्षीहरूसँग छलफल गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्