कोलकातासँग दिल्ली १०६ रनको फराकिलो अन्तरले पराजित: आइपिएलमा आज गुजरात र पञ्जावको भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ चैत्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं – इन्डियन प्रीमियर लिग आइपिएलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

लगातार तेस्रो जितसँगै ६ अंक जोडेको कोलकाता आइपिएलको शिर्ष स्थानमा उक्लिंदा ४ खेलबाट २ अंक जोडेको दिल्ली नवौं स्थानमा झरेको छ ।

कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।

त्यसैगरी यसअघि टस जितेर पहिला व्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २७२ रन बनाएको थियो । यो आइपिएल इतिहासमा एक इनिङमा बनेको दोस्रो ठुलो टोटल हो । यसअघि यसै आइपिएलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो ।

आइपिएलमा आज गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दै छन् । गुजरातको घरेलुु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

जारी आइपिएलमा गुजरातले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने पञ्जाव किंग्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

गुजरातले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

त्यस्तै पञ्जाव किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array