शेखर कोइरालाको कुरा देउवाले नसुनेपछि कांग्रेसले टुंग्याउन सकेन उम्मेदवार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले उपनिर्वाचनका लागि बुधवार पनि उम्मेदवार सकेन । बुधवार बूढानीलकण्ठमा बसेको कांग्रेसको बैठकमा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

उम्मेवारको टुंगो लगाउन बिहीवार बिहान ९ बजे पुनः बैठक बस्नेछ । उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको बैठक मंगलवार पनि बसेको थियो ।

इलाम २ मा उम्मेदवारका लागि कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का मुख्य प्रत्याशी हुन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा शेखर पक्षकाे मागमा सहमत छैनन् ।

सभापति देउवाले आचार्यलाई उम्मेदवार बनाउन आनकानी गरेपछि शेखर असन्तुष्ट बनेका छन् । शेखर कोइरालाले आचार्यलाई टिकट दिन बारमबार देउवासँग आग्रह गरिरहेका छन् । तर, देउवाले भने शेखरले भनेको नटेरेपछि लगातार दुई दिन बसेको कांग्रेसको बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array