रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि कोलकाता नाइट राइडर्सको सानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुलाई कोलकोता नाइट राइडर्सले ७ विकेटले पराजित गरेको छ ।

शुक्रबार राती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।

कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।

त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।

यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यता ३ खेलमा दोस्रो हार बेहोरेको बैंग्लुरु छैटौँ स्थानमा सीमित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array