लोकेश बमको शतकका बाबजुत आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ लाई हरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई पराजित गरेको छ। टी–२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’ लाई २१ रनले पराजति गरेको हो। आयरल्याण्ड ‘ए’  ले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अलआउट हुदै २०१ रन बनायो।

नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भए। त्यस्तै आरिफ सेखले ४९ रन बनाए। नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको हाे।

- Advertisement -
Ad image

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको थियो। आयरल्याण्ड ‘ए’ का लागि पेटर मूरले सर्वाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८/३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाए। त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाए।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए। योसँगै सिरिजमा आयरल्याण्ड ‘ए’ ले १–० को अग्रता लिएको छ। अब सिरिजको दोस्रो खेल आईतबार हुने छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्