दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थानको लगातार दोस्रो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउदै १७३ रन मात्र बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २-२ तथा आभेस खानले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १८५ रन बनाएको थियो ।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array