जेलमा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

बुधबार मुटुमा समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको सचिवालयले जानकारी दिएको छ । अहिले उनको उपचार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

बुधवार बिहान देखि इमरजेन्सी शाखामा राखेर उपचार गरिएकोमा थप उपचारको आवश्यक परेपछि रायमाझीलाई बेलुका उक्त शाखाको ४७८ बेडमा भर्ना गरिएको छ। विगत छ महिना देखि सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका रायमाझी तीन महिना यता नियमित फलोअपमा थिए ।

प्रतिक्रिया दिनुहोस्

Array