आइपिएलमा हैदराबादको सर्वाधिक रनको किर्तिमान: मुम्बईमाथि शानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल)कै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ । सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६४ रन बनाएका थिए भने टिम डेभिडले ४२, इशान किशनले ३४,, रोहित शर्माले २६ तथा हार्दिक पाण्डेयले २४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्बाधिक ३४ बलमा ८० रन अविजित बनाएका थिए । त्यसैगरी अभिषेक शर्माले २३ बलमा ६३ र ट्राभिस हेडले २४ बलमा ६२ रन बनाएका थिए । त्यसैगरी एडन मार्क्रमले २८ बलमा अविजित ४२ रन बनाएका थिए ।

मुम्बईका लागि हार्दिक पाण्डेय, गेराल्ड कोत्जे र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

सनराइजर्सले आइपिएलको इतिहासमा अहिलेसम्मको सर्बाधिक टोटल बनाएको छ । यस अघि आइपिएलमा २०१३ मा रोयल च्यालेन्जर्स बैंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने मुम्बई इण्डियन्सले भने लगातार दोस्रो हार बेहोरेको छ ।प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई भने तालिकाको नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array