आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, हैदराबादले आज मुम्बईको सामना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो ।

यो जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । अब चेन्नईले आफ्नो तेस्रो खेल मार्च ३१ मा दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने छ ।

त्यसैगरी गुजरातले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । २ खेलमा गुजरातको २ अंक रहेको छ । अब गुजरातले आफ्नो अर्को खेल मार्च ३१ मा सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ । आइपिएल अन्तर्गत बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स हैदराबादमा साँझ ७:४५ मा प्रतिस्पर्धा गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्

Array