पञ्जाव किंग्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको ४ विकेटको जित, आज चेन्नई र गुजरात भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो।

पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो। बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए।

यसअघि पञ्जावलेपहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। यो रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो खेलमा पहिलो जित हो। त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ।

त्यस्तै आइपिएलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि शुरु हुने छ ।

दुवै टिमले यस सिजनको पहिलो खेलमा जित हासिल गरेर यो खेल खेल्दै छन् । चेन्नईले यस सिजनकै उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजति गरेको थियो भने गुजरातले मुम्बई इण्डियन्सलाई पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको थियो ।

यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

Array