बागलुङको निसीखोलामा बस दुर्घटनाः सातको मृत्यु, २० जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बागलुङको निसीखोलामा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन् ।

जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । रुकुम पूर्वबाट काठमाडौँ आउंदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो ।

यो बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ। घाइतेहरू पनि अझै बढी हुन सक्ने प्रहरीको भनाइ छ ।

उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरूको विवरण आइनसकेको प्रहरीले उल्लेख गरेको छ । बस सडकबाट तल झरेर खोल्सामाथि पुगेकाले यात्रुहरू खोल्सा र भिरमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array