काठमाडौं – एट्लेटिको मड्रिड र बोरुसिया डर्टमुन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। योसँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ।
गएराति भएको दोस्रो लेगको खेलमा एट्लेटिकोले इन्टर मिलानलाई २–१ ले पराजित गरेको हो। एट्लेटिको मड्रिडले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो। खेल समग्रमा २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। समग्रमा ३–२ को नतिजासहित एट्लेटिको अन्तिम आठमा पुगेको हो।
एथ्लेटिकोका गोलकिपर जान ओब्लाकले एलेक्सिस सान्चेज र डेभी क्लासेनको पेनाल्टी बचाएका थिए भने इन्टरका लाउटारो मार्टिनेजले पेनाल्टी प्रहार गरेका थिए। डर्टमुन्ड, एट्लेटिको आर्सनल, बार्सिलोना, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन र रियल मड्रिडले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। च्याम्पियन्स लिगको ड्र शुक्रबार सार्वजनिक हुनेछ।


प्रतिक्रिया दिनुहोस्