त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पीएनजीसँग भिड्दै नेपाल, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल आज (बुधबार) पपुवा न्यु गिनी (पीएनजी) सँग भिड्दै छ। हङकङको मोङ कोक मैदानमा हुने फाइनल खेल नेपाली समयानुसार बिहान ११:४५ बजे सुरु हुनेछ।

नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो भने पीएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको भेट पक्का गरेको हो। नेपाल पीएनजीविरुद्धको अपराजित यात्रा कायमै राखेर उपाधि जित्ने योजनामा छ।

- Advertisement -
Ad image

यस्तो छ हेड टु हेड

नेपाल र पीएनजीबीच हालसम्म पाँचवटा टी–२० आई खेलमा भिडेका छन्। जसमा नेपाल चार र पीएनजीले एक खेलमा विजयी भएका छन्। पीएनजीले सन् २०१५ यता नेपाललाई हराउन सकेको छैन।

यी दुई क्रिकेट टिम आसन्न टी–२० विश्वकपको तयारीस्वरूप सिरिजमा सहभागी भएका हुन्। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने विश्वकपमा नेपाल ‘डी’ तथा पीएनजी ‘सी’ समूहमा छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्