बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४-२ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बार्सिलोनाको जितमा फेर्मिन लोपेज, जोआओ क्यान्सेलो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यसैगरी नापोलीका लागि एक गोल अमिर रहामानीले गरेका थिए । बार्सिलोना र नापोली पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए ।

- Advertisement -
Ad imageAd image

पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले पोर्टोलाई १-० को‌ पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो ।

पहिलो लेगमा पोर्टोले आर्सनललाई १-० ले हराएको थियो। समग्रमा १-१ को बराबरी पछि खेलमा‌ थप समयमा गएको थियो। तर त्यसमा निर्णय नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जसमा आर्सनलले बाजी मारेको थियो।

योसँगै अहिलेसम्म बार्सिलोनासहित आर्सनल, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्