लिभरपुल र सिटी बराबरीमा रोकिए: उपाधि होडमा आर्सनललाई फाइदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – इंग्लिस प्रिमियर लिगको बहुप्रतिक्षित खेलमा उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । लिभरपुलको मैदानमा भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो ।

खेलमा सिटीले जोन स्टोन्सको गोलबाट २३ मिनेटमा अग्रता लिएको थियो । उनले डि ब्रुएनको पासमा गोल गरेका थिए । तर लिभरपुलले खेलको ५० मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।

- Advertisement -
Ad imageAd image

उसका लगि म्याक अलिस्टरले पेनाल्टीमा गोल गरेका हुन् । लिभरपुलका नुनेजलाई सिटीका गोलकिपर एडरसनले फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । सिटी र लिभरपुलले बराबरी खेलेपछि शीर्ष स्थानको आर्सनललाई फाइदा पुगेको छ ।

आर्नसल २८ खेलबाट ६४ अंक जोड्दै शीर्ष स्थानमा छ। गोलअन्तरमा पछि परेको लिभरपुलको पनि ६४ अंक छ । सिटी ६३ अंक जोड्दै तेस्रो स्थानमा छ । आजको खेलमा जित/हार भएको भए आर्सनल दोस्रो स्थानमा झर्थ्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्