त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल नेपाल र हङकङ भिड्दै: मैत्रीपूर्ण खेलमा पराजित भएको नेपालले आज के गर्ला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।

यो खेल नेपाल समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदै छ । शनिबार हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनाका साथ मैदान उत्रिदै छ । यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा ।

यस त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array