सत्ता गठबन्धनमा सकस: कांग्रेसका सबै मन्त्री देउवा निवास बुढानीलकण्ठमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसबाट सरकारमा सहभागी सबै मन्त्रीहरु पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । सभापति देउवाले छलफलका लागि भन्दै बोलाएपछि उनीहरु बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै असन्तुष्टि ब्यक्त गर्दै आएका छन् । आफू तेस्रो पटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा उनले प्रभावकारी कार्य सम्पादन नभएका मन्त्रीहरु फेरेर भएपनि जनतालाई डेलिभरी, सुशासन र समाजिक न्यायको पक्षमा काम गर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले कार्य सम्पादन प्रभावकारी नभएका मन्त्रीहरु फेर्न सभापति देउवासँग परामर्श गरेपनि आफ्ना मन्त्री नचलाउन देउवाले चेतावनी दिएका थिए । पछिल्लो समय गठबन्धन परिवर्तनका लागि एमाले र माओवादीबीच निरन्तर संवाद भइरहेको अवस्थामा सभापति देउवा मन्त्रीहरु फेरबदल गर्न लचिलो देखिएका छन् ।

साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियारले टेरामक्स घोटला प्रकरणमा बयानमा बोलाएपछि संसद्मा उनको राजीनामाको विषय उठेको छ । प्रतिपक्षले विवादित मन्त्रीहरुको राजीनामाको माग गर्दै लामो समयदेखि संसदमा आवाज उठाउँदै आएका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारमाथि उठेका प्रश्नको जवाफ दिन पाँचौं पटक रुलिङ गरिसकेको छ । सरकारले सभामुखको चौथो पटकसम्मको रुलिङलाई अवज्ञा गरिसकेको छ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीको सेट नै परिवर्तन गर्न चाहेको बताइएको छ । अहिले कांग्रेसबाट सरकारमा ९ जना मन्त्री सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्री परिषद्मा कांग्रेसबाट सहभागी मन्त्रीहरु पूर्णबहादुर खड्का उपप्रधान एवं रक्षा, धनराज गुरूङ कानुन, न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत, अर्थ, नारायण प्रकाश साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्‌ख्या, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति, सिता गुरूङ सहरी विकास ,डिगबहादुर लिम्वु युवा तथा खेलकुद, सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array