काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म बिजुली काटिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले आज एक सुचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आजदेखि फागुन २२ गतेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो ।

आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array