झिनो अंकले घट्यो नेप्से परिसूचक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – शेयर बजार नेप्से परिसूचक आज मंगलबार झिनो अंकले घटेको छ । नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिन आईतबार नेप्से परिसूचक २७.२१ अंकले घटेको थियो । आईतबार ३ अर्ब ७७ करोड मूल्य बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता शेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भएका छन् । आज झिनो अंकले घटेको बजारमा २ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भएको छ । हिमालयन रिइन्स्योरेन्स ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँको कारोबार गरी शीर्षस्थानमा रहेको छ । साना किसान विकास वित्तीय संस्थाले १२ करोड, जोशी हाइड्रोपावरले ८ करोड, नगदी ग्रूपले ६ करोड मूल्य बराबरको शेयर कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array