कांग्रेसभित्र मतभेद: सहमति जुटाउन पदाधिकारीसँग छलफल गर्दै सभापति देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगन थापाले पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

महामन्त्री थापाले चुनावका बेला कुनै पनि दलसँग गठबन्धन गर्न नहुने मस्यौदा तयार गरेपछि सभापति देउवाले त्यसलाई सच्याउनुपर्ने मत राखेका छन् । ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकको पहिलो दिन नै महामन्त्री थापाको सांगठनिकसहित चारै वटा प्रतिवेदन पेश गर्ने कार्यसूची रहे पनि सभापति देउवाले सहमति जुटाउन छलफल थालेका छन् ।

महासमिति बैठकको भोलि मंगलबार हुने बन्दसत्रमा प्रतिवेदनहरू पेश हुने भएका छन् । महामन्त्री थापाले तयार पारेको प्रस्ताव सच्याउन सभापति देउवाले निर्देशन दिएका थिए । महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने उल्लेख छ । देउवाले भने गठबन्धनबारे अहिल्यै कुनै कुरा उल्लेख गर्न नहुने निर्देशन दिएका छन् ।

महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने/नगर्ने विषय अहिले नै निर्णय गर्न उपयुक्त नहुने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array