लिग–२ शृङ्खलामा आज नेपालले नामिबियाको सामना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक लिग–दुई को शृङ्खला आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै,९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् ।

यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेको भन्दै अनिल शाह र भीम सार्की आईसीसी लिग–२ को क्रिकेट शृङ्खलाका लागि टोलीमा समेटिएका छन् । टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ । यसअघि टोलीमा परेका रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।

- Advertisement -
Ad imageAd image

लिग–२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ छन् । यसअघि क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्