पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिका चिदीमा मंगलबार अपराह्न जीप दुर्घटना हुँदा कम्तीमा ८ जना यात्रुको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी कुवेर कडायतका अनुसार लु १ ज २३७१ नम्बरको जीप पौने पाँच बजेतिर सडकबाट करिब ३ सय मिटर खसेको थियो।

अहिले घटनास्थलमा पाल्पा प्रहरीका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ। जीपमा करिब १५ जना यात्रु थिए। उक्त जीप चिदिसातर्फ जाँदै गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array