काठमाडौं – क्रिष्टियानो रोनाल्डोेले बेन्चमा बसेर खेल हेरे भने लियोनल मेसी खेलको ८४ मिनेटपछि मात्रै मैदान छिरे । प्राय उनीहरुले नखेलेपनि उनीहरुले नेतृत्व गरेको टिमको भिडन्त भने विश्वभरका लागि चासोको विषय थियो ।
गएराति सम्पन्न खेलमा रोनाल्डोको टिमल अल नासरले मेसीको टिम इन्टर मायामीलाई ६ गोल हान्यो । सुरुवात देखिनै आक्रामक खेल पस्किएको नासरसामु मायामी कमजोर सावित भयो । खेल मैत्रीपूर्ण भएपनि आक्रमक र घम्साघम्सीपूर्ण थियो ।
प्रि सिजनका क्रममा साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६–० ले पराजित गरेको हो । अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।
इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी नेइमारको टिम अल हिलालसँग पनि पराजित भएको थियो । यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा आएका थिए ।


प्रतिक्रिया दिनुहोस्