आईसीसी यू–१९ विश्वकपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०८०, बुधबार
1 Min Read
Aa
BLOEMFONTEIN, SOUTH AFRICA - JANUARY 31: Chowdhury Md Rizwan of Bangladesh is stumped by Bipin Rawal of Nepal during the ICC U19 Men's Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बिहिबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

जितका लागि एक सय ७० रनको लक्ष्य पाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । बंगलादेशका जिसन आलम र अरिफुल इस्लामले अर्धसतक प्रहार गरे । आलमले ४३ बलमा ५५ तथा इस्लामले ३८ बलमा ५९ रन बनाए । नेपालका लागि सुवाश भण्डारी एक्लैले ५ विकेट लिए ।

यसअघि आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

Array