नेपालद्वारा स्कटल्याण्ड ७ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको छ। आईसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो। वर्षाको कारण अवरुद्ध खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले पराजित गरेको छ।

एक सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउन तीन विकेट गुमाएको अवस्थामा वर्ष सुरु भएको थियो। त्यसपछि खेल रोकिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४४ं४ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो।

- Advertisement -
Ad imageAd image

नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए।गुलशन झा र तिलक भण्डारीले ३३ विकेट लिए। आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीको यो तेस्रो जित हो।

नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। आगामी माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल विश्वकपको सुरुवात गर्ने तयारीमा छ। नेपालको दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्