‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाइ धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकामा इकाइ धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्बजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा उल्लेख छ।

- Advertisement -
Ad imageAd image

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ। हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्