कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०८०, मंगलवार
1 Min Read
Aa
प्रधानमन्त्री शेर बहादुर देउवा

काठमाडौं – नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सम्मेलनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा अहिले पोखरा जाँदैछन् ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए। सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्द सत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्द सत्रमा भाग लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array