दक्षिण अफ्रिकामाथि भारतको इतिहासकै फराकिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – भारतले टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको फराकिलो जित निकालेको छ। जुन भारतले दक्षिण अफ्रिकामाथि निकालेको इतिहासकै सर्वाधिक फराकिलो जित हो। यसअघि भारतले राजकोटमा ८८ रनको जित निकालेको थियो।

तीन खेलको टी-२० सिरिजको अन्तिम खेल जितेसँगै भारतले सिरिज १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेमला दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको थियो।

- Advertisement -
Ad imageAd image

जोहन्सबर्गको वान्डरस स्टेडियममा भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको आयोजक दक्षिण अफ्रिका १३.५ ओभरमानै अलआउट हुँदै ९५ रनमा समेटियो। उसका लागि डेभिड मिलरको ३५ रन सर्वाधिक रह्यो। त्यस्तै कप्तान एइडन माक्रमले २५ रन बनाउँदा डोनोभन फेरेइराको १२ रन थप दोहोरो स्कोरका रुपमा रह्यो।

भारतका लागि कुलदीप यादवले २.५ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिएका थिए। त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिंदा मुकेश कुमार र अर्सदीप सिंहले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान सुर्यकुमार यादवले १०० रनको शतकीय इनिङ खेले। त्यस्तै ओपनर यश्शवी जैसवालले ६० रन बनाउँदा रिन्कु सिंह १४ रन बनाएर आउट भएका थिए। भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन बनाएको थियो।

अब यी दूई टिमबिच तीन खेलको एकदिवसीय सिरिज हुँदैछ। पहिलो खेल १७ डिसेम्बर मा जोहान्सबर्गमा हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्