दक्षिण अफ्रिकाद्वारा भारत ५ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा भारतले १५ ओभरमा दिएको १५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि भारतले पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएपछि खेल बर्षाले रोकिएको थियो ।

त्यसपछि खेल १५ ओभरमा घटाएर दक्षिण अफ्रिकालाई १५२ रनको लक्ष्य दिइएको थियो ।

यसअघि सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । यो जितपछि ३ खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ ।

अब सिरिजको तेस्रो खेल विहिबार हुदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array